×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिबिफिन र एक्यानबीच सम्झौता, वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिबिफिन र एक्यानबीच सम्झौता, वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन गरिने

Artha Sarokar

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) बीच सम्झौता भएको छ । दुई संस्थाबीच आर्थिक एवम् वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने र सो का आधारमा अर्थतन्त्र एवम् बैंक तथा वित्तीय क्षेत्रको सुधार एवम् दिशाबोध गर्नका लागि नीतिगत बहस तथा पैरवी गर्ने विषयमा शुक्रबार सम्झौता भएको हो ।

उक्त सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवम् वित्तीय सवलीकरण सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्ने र नीति नियमको प्रभाव मूल्याङ्ककन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत अन्य सम्बन्धित निकायसँग संयुक्तरुपमा पहल गर्ने उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा उल्लेख भएअनुसार आपसी सहकार्य तथा समन्वयमा देहायका विषयहरुमा सरोकारवाला पक्षहरुबीच व्यापक छलफल गरी अध्ययन तथा अनुसन्धान गर्ने, सुझावहरुसहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरुमा पेश गर्ने गरी सम्झौता भएको छ ।

– देशमा अहिले बढ्दै गइरहेको आर्थिक समस्याहरु र समाधानका उपायहरु ।
–  बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरु ।
– स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार ।
– औधोगिक एवम् व्यवसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु । साथै, वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनिकरणका उपायहरु ।
– वित्तीय एवं मौद्रिक नीतिरनियमरनिर्देशन र कार्यविधिहरूको प्रभाव विश्लेषण तथा सुधारका पक्षहरु ।
– चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ ले सृजना गर्न सक्ने समस्या, असर र समाधानका उपायहरु ।
– बैंकिङ, डिजिटल बैंकिङ, वित्तीय एवम् मौद्रिक नीति, वैदेशिक व्यापार, एफडीआई सम्बन्धी विषयहरू, पूँजी बजार विकास, नीतिगत प्रभाव मूल्याङ्कनका विषयमा बहस तथा पैरवी गर्नेलगायत अन्य राष्ट्रिय महत्वका आर्थिक एवं वित्तीय कार्यक्रम संचालन ।

सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनको तर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र एक्यानको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरी सम्झौता सम्पन्न भएको थियो।साथै, उक्त हस्ताक्षर कार्यक्रममा सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय, महानिर्देशक डा.गोपाल प्रसाद तिवारी र एक्यानको तर्फबाट उपाध्यक्ष सुशील घिमिरे, महासचिव प्रदिप सिग्देल र कोषाध्यक्ष वर्षा बराललगायतको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी