काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमचेम नेपाल) नेपालसँगको सहकार्यमा व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूका साथ नेपालमा दिगो आर्थिक विकासको प्रवर्द्धन गर्नेसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठीमा नेपालको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत छलफलमा केन्द्रित थियो ।
कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समूह तथा सरकारी अधिकारीलगायत नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति थियो । एफएनसिसिआई, सिआएन र एनयुएसएसिसिआईका नेतृत्वसँग मिलेर अमचेम नेपालको आवश्यकता र नेपालमा हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतिहरू न्यूनीकरणमा कसरी काम गरिरहेको छ भन्ने बारेमा अमचेम नेपालका अध्यक्ष अजित शाहले जानकारी गराएका थिए ।
कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ बारे पनि छलफल भएको थियो। कार्यवाहक राजदूत म्यानी पी.मिक्कलरले भने, ‘अन्य धेरै देशजस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक निजी क्षेत्र हो, जसले रोजगारी सिर्जना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्याउँछ ।’
उक्त कार्यक्रमले काठमाडौंस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको थियो । कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्