×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापार प्रर्वद्धन एवम् लगानीका लागि राजदूतसंग चेम्बरको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

व्यापार प्रर्वद्धन एवम् लगानीका लागि राजदूतसंग चेम्बरको आग्रह

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवं लगानीका लागि राजदूतहरुसंग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसंग भएको छुट्टाछुट्टै भेटबार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

दक्षिण कोरीयाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकुर्याल समक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरीयाबाट लगानी प्रर्वद्धन गर्न आग्रह गरेका छन् । नेपालमा लगानीसंगै कोरीयाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागि समेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । इपीएस मार्फत कोरीयामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रर्वद्धन गर्न सकियो भने मुलुकले धेरै फाईदा लिन सक्ने बताए ।

उनले भने, ‘नेपाल हाउसको अवधारणा अन्तर्गत स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्ने प्रचुर सम्भावना छ । पछिल्लो समय पस्मिना, हस्तकलाका सामाग्री, जडिवुटी, भिरमह लगायतको माग कोरीयामा बढ्दो छ, ।’ कोरीयाली बहुराष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकुर्यालको ध्यानाकर्षण गराए । भेटवार्तामा राजदूत प्याकुर्यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवृद्धन र दुइ पक्षीय व्यापार नै पहिलो प्राथमिकता रहेको बताईन् ।

उनले भनिन, ‘एसियाको महत्वपुर्ण आर्थिक शक्तिराष्ट्र दक्षिण कोरीयाबाट नेपालमा लगानी भित्र्याउन मेरो मुख्य प्राथमिकता रहनेछ ।’ यस्तै, चेम्बर अफ कमर्सका पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसंग पनि चेम्बर भवनमा भेटबार्ता गरेको छ । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं दुई पक्षीय व्यापारबारे छलफल भएको छ । अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसंग आग्रह गरेका छन्।

सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । स्लोभाकियाबाट हाल बार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आईरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसंग आग्रह गरे । जवाफमा राजदूत म्याक्सिएनले नेपालसंग उच्चस्तरीय आर्थिक सम्बन्ध बिस्तार गर्न आफु प्रतिवद्ध रहेको बताए । यसका लागि आफुले सरकारीस्तरमै पहल गरिरहेको राजदूत म्याक्सिएनको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी