काठमाडौँ । सिटिजन्स बैंकले आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको शुभारंभ गरेको छ । यी मुद्धती योजनाहरु बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ भन्ने एक कार्यक्रमका बिच श्रावन २१ गते शनिबार देखिनै आरंभ भएको घोषणा गरेका हुन् । शाखा प्रबन्धकहरु तथा व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले बैंकलाई अब्बल बनाउने घोषणा समेत गरेका हुन् ।
सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्तर्गत ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । तथा रेमिटेन्स चिरायु मुद्धती योजना ग्राहकहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन्। यस मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न सक्नेछन्। यस मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवम रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै उनले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ बैंकले आफ्नो वेबसाईट मार्फत स्मार्ट सरभिसेश सेवा समेत सुचारु गरेको बताएका छन् । यस सेवा अन्तर्गत ग्राहकहरुले बैकंको वेबसाईट मार्फतनै विभिन्न कार्ड सम्बन्धी सेवाहरु, मोबाईल र ई-बैकिङ सम्बन्धी सेवाहरु, सेयर सम्बन्धी सेवाहरु तथा क्यु आर सम्बन्धी सेवाहरु सहजताका साथ प्राप्त गर्न सक्ने दाबी गरेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्