काठमाडौँ । नागरिक लगानी कोषको २७ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १. ५७८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो संगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । सभामा कोष संचालक समितिका अध्यक्ष प्रा.डा. थापाले कोषले संचालन गरिरहेको सरकारी, गैर सरकारी एवं नीजि प्रतिष्ठामा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा राखेका थिए ।
उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, सहभागीहलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवम् पुँजीबजारका विकास लगानी विविधिकरण गरी प्रतिफल अभिबृद्ध गर्न सकिने अवसरहरुको बारेमा जोड दिएका हुन् । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवम् चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामुलक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थिती बारे जानकारी दिए । उनले सेयरधनीले राखेको जिज्ञासालाई सम्बोधन गरेका थिए । आर्थिक बर्ष २०७८/७९ को असार मसान्त सम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १७ अर्ब ३२ करोड २२ लाख रुपैँया पुगेको छ । उक्त अवधिमा कोषले १ खर्ब ९४ अर्ब ९२ करोड लगानी गरेको छ । कोषले कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ काम गरिरहेको छ । कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागु गरिएको छ ।
साथै, सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा लिने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयर प्रयोगको लागि आवश्यक उपकरणहरु कोषको प्रणालीमा जडान गरि सकिएको छ । यो संगै कोषमा आवद्ध भएका विभिन्न प्रतिष्ठान, संघ, संगठनहरुबाट रकम संकलन गर्ने कार्य अनलाइन प्रणालीबाट गर्ने व्यवस्था भइसकेको छ । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा अशोक बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्