×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

Artha Sarokar

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरब स्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ अफर उपहार योजना नोभेम्बर १, २०२२ देखि ६ महिनाको लागि संचालन भएको थियो ।

सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन, तीन जनाले १० ग्राम सुन, तीन जनाले ५ हजार नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु २/२/ २ महिना गरी ६ महिना सम्म बिधुत्तिय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।

सोही योजना अनुरुप गत भदौ ३ गते साउदी स्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । राम गोपालपुर, महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद बिगत ६ बर्ष देखी साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा बिशिस्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

नेपाली राज दुतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन , Basem B. Madda टेलिमनी केन्द्र प्रमुख,  Abdulelah A. Bin Twalah सेल्स म्यानेजर , जीतेन्द्र थपलिया ( टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधीहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी