×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१२ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दुबई पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला नवलपरासी, प्रतापपुर गाउपालिका-५ गोपिगंज घर भई हाल काठमाडौंको गोंगबु बस्ने ५४ वर्षीय भोज बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले नर बहादुर थनेत समेतलाई वर्किङ्ग भिशामा दुबई पठाइदिने भन्‍दै प्रति व्‍यक्ति ८ लाख रकम लाग्ने र दुबईमा आर्म्स गार्डमा जागिर लगाइदिने प्रलोभन देखाई पिडितहरुबाट ३८ लाख रकम ठगि गरेर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार सामाखुशीबाट पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी