काठमाडौँ । दराजले श्रावन ३० गते देखि दराजमल फेस्ट सुरु हुने घोषणा गरेको छ । यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ भने अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७ हजारसम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको दराजले जनएको छ ।
दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल हो जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५ सय भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्। १०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्दछ । त्यसै कारण, दराजमल फेस्ट ग्राहकहरुको लागी अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागी एक सुनौलो अवसर रहेको कम्पनीले जनाएको छ ।
विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ % रु ७ सय ५० सम्म छुट पाउन सक्ने दराजले जनाएको छ। बैंक डेज अफर निम्नानुसार छन्।
मंगलबार – ग्लोबल ईएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ % रु ७५० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १०% रु ५ सय सम्म छुट
बिहीबार – मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ % छुट र डेबिट कार्ड भुक्तानीमा १० % रु ५ सय सम्म छुट
शुक्रबार – नबिल बैंकबाट डेबिट र क्रेडिट कार्ड भुक्तानीमा १० % छुट (अधिकतम रु ५ सय )
शनिबार – स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट र क्रेडिट कार्ड भुक्तानीमा १० % छुट (अधिकतम रु ५ सय )
साथै, पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड र क्रेडिट कार्डमा १० % (अधिकतम रु ५ सय सम्म) को अतिरिक्त प्रि-पेमेन्ट छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १०% अधिकतम रु ३५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिने कम्पनीले जनाएको छ ।
एड टु कार्ट एण्ड विनले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियान भरि हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्दछ । साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु.२०० को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्