×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमका सेवाहरु अब अनलाईन बाट रिचार्ज गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोमका सेवाहरु अब अनलाईन बाट रिचार्ज गर्न सकिने

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाईबरनेट , डिटिएच र फाईबरनेट + डिटिएच कोम्बो अब नेपालमा उपलब्ध अनलाईन सेवा मार्फत रिचार्ज गर्न सकिने भएको छ । अब आइएमई पे, ई-सेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाईन रिचार्ज गर्न सकिने भएको हो । रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्नुपर्ने कम्पनीले बताएको छ ।

जस्तै, डिशहोम डिटिएच मात्र प्रयोग गरेको छ भने, टि.भी सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ । त्यस्तै, डिशहोम फाईबरनेट मात्र प्रयोग गरेको छ भने, इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाईबरनेटमा क्लिक गरेर रिचार्ज गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै फाईबरनेट + डिटिएच कोम्बो, प्याकेज लिएको छ भने यसको लागि पनि टि.भी सेग्मेन्टमा गएर डिशहोम कोम्बो प्याकेज मा क्लिक गरेर आफ्नो कोम्बो प्याकेज रिचार्ज गर्न सकिन्छ । यदी अनलाईन रिचार्जको क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी