Skip to content
LAXMI SUNRISE BANK

डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुल बहादुर घिसिङले जिते नगद एक लाख

अर्थ सरोकार

काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यस योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यसै क्रममा तामाकोशी गाउँपालिका २, डाडागाउँका कुल बहादुर घिसिङ तमाङले एक लाख जितेका छन् । श्याम इलेक्टोनिक्स इलेक्टिक डिलर अन्तर्गत रहेको JDOL1-9 का रबिन्द इलेक्टोनिक्सका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फ बाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेलले पुरस्कार रकम हस्तान्तरण गरेका हुन्। विजेता कुलबहादुर घिसिङ तमाङ लाई हार्दिक बधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK