×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमका ग्राहकले जिते एक लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डिशहोमको १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमका ग्राहकले जिते एक लाख

Artha Sarokar

२३ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यस योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा माडि गाउँपालिका ४ घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडि लघु जलविद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले एक लाख जितेका छन् ।

नमुना स्याटलाईट प्रा.लि डिलर अन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्सका डिलर दाईहरु चन्द्र घर्ती कोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् । डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती ,भबन सिह बुढा,ससिराम बुढाको उपस्थितिमा पुरस्कार रकम हस्तान्तरण गरिएको थियो ।

विजेता खड्कालाई हार्दिक बधाई दिन्दै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी