काठमाडौँ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह-वितरण सोरुमको सुभारम्भ गरेको छ । सोरुमको उद्धघाटनमा डिशहोमका तर्फवाट रिजनल सेल्स म्यानेजर जे बि गुरुङ, एरिया सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ । श्रावन २६ गते देखी डिशहोम फाईवरनेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।
१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार ईन्टरप्राईजले अब अझ बढी ग्राहकहरुमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने न्यू केदार ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिएका हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्