Skip to content
LAXMI SUNRISE BANK

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप

अर्थ सरोकार

काठमाडौँ । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोर किशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् । सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिने भएको छ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः
१. आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
२. विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
२. दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
४. निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
५. राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
६. सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK