काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्। नेपाल कुचो संघको प्रथम वार्षिक साधारणसभामा उनले सो कुरा बताएका हुन् ।
‘कृषि उपजहरुको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ । यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा संचितिमा समेत सहयोग पुग्छ,’ उनले भने ।
उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न महासंघले पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए । ‘ यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ । तपाईहरुले यस क्षेत्रका समस्याहरु लिखित रुपमै तयार गरेर आउनुभयो भने म वरिष्ठ उपाध्यक्षको रुपमा महासंघको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईहरुका समस्या समाधान गर्न तयार रहने छु,’ ढकालले भने ।
ढकालले नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउँदै कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका हुन् । ‘कृषि उपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रबर्द्धन गर्ने र जलविद्युत उत्पादन गरी निर्यात गर्ने जस्ता तीन वटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिट्यान्स क्षेत्रको मात्र भर पर्न नपर्ने हुन्छ,’ उनले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्