काठमाडौँ । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्वजनिक गरेको छ । डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङको अनुभव दिने बैंकले जनाएको हो।
डिजिटल बैंकिङ अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । गरिमा डिजी बटुवा डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ सेवाहरुको प्रयोगको लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिन्छ ।
साथै,अतिरिक्त सुविधाहरु जस्तै सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप-अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
डिजि बटुवाका विषयमा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले भने, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई संभव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ एक अपरिहार्य विशेषता बनेको छ’ ।
गरिमा विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त विकास बैंक हो । २०६४ सालमा स्थापना भएको गरिमा विकास बैंकले देशभर १२० शाखा, १ एक्स्टेन्सन काउन्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुको सेवा गरिरहेको छ । गरिमा डिजी बटुवा एप स्टोर र प्लेस्टोरबाट डाउनलोड गर्न सकिने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्