×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्बन्धि सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्बन्धि सम्झौता

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।

सम्झौतापत्र अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, ईन्टरनेट/बिधुत/खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५ सय भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ । हाल, बैंकले नेपालभर १ सय २० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी