Skip to content
LAXMI SUNRISE BANK

गरिमा क्यापिटलको कार्यालय कमलपोखरीमा स्थानान्तरण

अर्थ सरोकार

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड (साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) को कार्यालय स्थानान्तरण भएको छ ।

कम्पनीको साविक काठमाडौँ महानगरपालिका वडा नं १, हात्तिसारबाट सोही काठमाडौँ महानगरपालिका वडा नं १, कमलपोखरी स्थित सिटी सेन्टरको अगाडी (विपरित दिशा) भवनको दोस्रो तल्लामा सरेको छ । साउन ३० गते सोमबारबाट स्थानान्तरण भई सेवा संचालन गरिएको कम्पनीले जनाएको छ ।

गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा, निक्षेप सदस्य (डिम्याट तथा मेरोसेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रेशन, संस्थागत परामर्श, सामूहिक लगानी कोष प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्ने बैंकले जनाएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको दाबी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK