काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको श्रावण २९ गते बसेको संचालक समितिको बैठक अनुसार भाद्र ०१ गते देखि लागू हुने गरि भट्टराईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको थियो ।
निर्मल भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । उनि यस संस्थाको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएकोमा हाल संस्थाको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदमा नियुक्त हुन सफल भएका हुन् । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए ।
गरिमा क्यापिटल लिमिटेडले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा अब निकट भविष्यमा नै आवश्यक अनुमतिपत्र प्राप्त गरी मर्चेन्ट बैंकरले प्रदान गर्न सक्ने अन्य सम्पूर्ण सेवाहरु (जस्तैः निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रेसन, संस्थागत परामर्श, सामूहिक लगानी कोष, प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड लगायत अन्य फण्डहरुको व्यवस्थापन सम्बन्धी सेवाहरु) प्रदान गर्ने दाबी गरेको छ ।
गरिमा क्यापिटल लिमिटेडका सेवाहरु ग्राहक समक्ष पुर्याउने गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्