काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एम डी आर टी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुन सुर्या लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटी बन्न सफल रुपन्देहीका चन्द्रकान्त पन्थी आजै प्रस्थान गरेका छन् ।
उक्त कन्फरेन्समा विश्वभरका देशहरुबाट एमडीआरटीको मापदण्ड अनुरुप टार्गेट पुरा गर्ने विभिन्न कम्पनीहरुका अभिकर्ताहरुको संयुक्त भेला हुने छ । समारोहमा भाग लिन उत्साहित भएका पन्थीले आफु त्यहाँ पुगेर देशको झण्डा फहराउने अवसर प्रप्त भएको तथा नयाँ ज्ञान सिकेर अझै आफु सक्षम र दक्ष हुने कुरामा विश्वस्त रहेको बताए ।
बिगत ४ वर्षदेखी विमा क्षेत्रमा अभिकर्ताका रुपमा काम थालेका पन्थीले आफ्नो व्यावसाय संगसंगै बिमा क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्दै छोटो समयमै एमडिआरटी बन्न सफल भएको कुरा कम्पनीले जनाएको छ । यस भव्य समारोहमा विश्वभरबाट करिब ७० देशका ५ सयभन्दाबढी कम्पनीका प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्