×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोल्डेन ओकद्वारा ‘गोल्डेन ओक कमेडी यात्रा’ आयोजना हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गोल्डेन ओकद्वारा ‘गोल्डेन ओक कमेडी यात्रा’ आयोजना हुँदै

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालकै लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ । गोल्डेन ओकले विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ ल्याउने भएको हो ।

गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्ने कम्पनीले जनाएको छ।

गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही श्रावण २० गते, दमकमा श्रावण २१ गते, इटहरीमा श्रावण २२ गते, विराटनगरमा श्रावण २३ गते र धरानमा श्रावण २४ गते  उत्साहका साथ आयोजित हुने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी