×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

SAGARMATHA CEMENTS

काठमाडौं । अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो ।

‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि-क्यास (१० रुपैयाँ) प्राप्त गर्न सक्नेछन् ।

साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता (रजिस्टर) गरेको खण्डमा लिंक पाउनेले १० जि-क्यस र पठाउनेले पुन १० जि-क्यास गरि कुल २० जि-क्यास पाउने व्यवस्था रहेको ग्यापुका सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

यस्तै, ‘सेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने हुन्छ । सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्ने खड्का बताउँछन् ।

‘अर्न पर क्लिक’ का लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक सेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा (लिंक खोल्दा) सेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्नेछन् । प्रतिदिन १०० पटकसम्म लिंक क्लि गर्न पाउने खड्काले जानकारी दिए । प्रयोगकर्ताले प्राप्त गर्ने जि-क्यास इ-वालेटहरूमा ट्रन्सफर गरी रिडिम गर्न सक्नेछन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal