काठमाडौँ । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको नि:शुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२ लाख ५० हजार नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा नि:शुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका सेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्