Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट पाहुनाकोलागि सुविधा थप्दै आईएमइ ग्रुपको ‘द लेकसाइड रिट्रिट’

अर्थ सरोकार

पोखरा । आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले संचालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।

सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेज सहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए ।

पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए ।

हरियाली सहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने बताइएको छ ।

आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु संचालनको तयारीमा रहेको बताएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK