×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

Artha Sarokar

२१ श्रावण २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए ।

कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराहि, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।

आफ्ना ग्राहकहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए । जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ जीवन बीमा व्यावसाय सञ्चालन शुरु गरिएको कम्पनिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी