×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘नेपाल बैंकमा घोटाला भएको सत्य हो, बदमासी गर्ने कर्मचारी भागेका छन्, तर जनताको निक्षेप सुरक्षित छ’ (अन्तर्वार्ता)

काठमाडौँ । नेपाल बैंकबाट ग्राहकको रकम अपचलन धबेन्द्र न्यौपाने भागेपछि अहिले बैंकको गुलरिया साखासहित अन्य साखामा पैसा झिक्नेहरु बढेका छन् । नेपाल बैंकमाराखेको राखेको रकम असुरक्षित रहेको भन्दै पैसा झिक्नेहरु बढीरहेका बेला बैंकले भने जनताको निक्षेप असुरक्षित नरहेको दाबी गरेको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका प्रमुख प्रशाशकीय अधिकृत एवम् सूचना अधिकारी प्रकाश कुमार अधिकारीले बैंकमा जनताले रकहेको रकम असुरक्षित नरहेको दाबी गरेका हुन् । नेपाल बैंकका कर्मचारीले कनेक्ट आईपीएसमार्फत ग्राहकको पैसा चोर्ने गरेको तथ्य बाहिर आएपछि बैंकले जनताको पैसा सुरक्षित रहेको दाबी गरेको हो । नेपाल बैंकमा जनताको पैसा सुरक्षित रहे-नरहेको बारे चौतर्फी प्रश्न आएपछि हामीले बैंकका प्रमुख प्रशासकीय अधिकृत अधिकारीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनै अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

१. ग्राहकले बैंकमा जम्मा गरेको रकम ‘अनियमितता’ गरेर भागेका नेपाल बैंकका कर्मचारी अझै फरार छन् । जनताले राखेको पैसा डुब्छ कि भन्ने चिन्तामा थुप्रै ग्राहक छन् ।  तपाईंको आन्तरिक टोलीले पनि अनुसन्धान गरिरहेको थियो ।  रिपोर्ट कस्तो आयो ?

बैंकको बर्दियास्थित गुलरिया शाखाका शाखा प्रबन्धक रकम अपचलन गरी भागेको खबर पाएसँगै हामीले विशेष टोलीलाई शाखामै पठाएका थियौँ । टोलीले प्रारम्भिक रिपोर्ट प्रस्तुत गरेको छ । रिपोर्टका आधारमा फरार रहेका धबेन्द्र न्यौपानेले बैंकको झण्डै ७० लाख बराबर अपचलन गरेका छन् । त्यो रकममा पनि ५२ लाख रुपैयाँ हिनामिना भएको पक्का छ । बाँकी रकम चाहीँ कन्फर्म भईसकेको छैन । बैंकको रकम हिनामिना गरेर भागेका न्यौपानेको अवस्था अज्ञात छ ।
२. भागेका न्यौपानेको खोजीमा बैंकको पहल कस्तो छ ?
हामीले न्यौपानेको खोजी उनी सम्पर्कविहीन भएकै दिनदेखि गरिरहेका छौँ । उनी आफै फरार रहेकाले सजिलै सम्पर्कमा आउने कुरा भएन । बरु हामी उनको परिवारसँग निरन्तर सम्पर्कमा छौँ, उहाँहरुसँग पनि हाम्रो कुरा भईरहेको छ । तर न्यौपाने परिवारको पनि सम्पर्कमा आएका छैनन् । यसमा बैंकले प्रहरीसँग पनि समन्वय गरिरहेको छ । बर्दिया प्रहरीमा बैंकले उजुरी पनि दिईसकेको छ । प्रहरीले पनि न्यौपानेको खोजीकार्यलाई सशक्त बनाएको छ ।
३. सुर्खेतमा पनि रकम अपचलन भयो भन्ने खबर छ नि, कुरा के हो ?
हो, तपाईले भनेको कुरामा सत्यता छ । न्यौपानेले सुर्खेतमा हुँदा पनि बैंकको झण्डै १७–१८ लाख रुपैयाँ हिनामिना गरेको पुष्टी भईसकेको छ । उनले सुर्खेत र बर्दियाको गुलरिया गरि दुई शाखाबाट रकम अपचलन गरेका छन् । दुवै शाखाबाट अपचलन भएको रकमको अनुपात ७० लाख आसपास रहेको छ । बैंकको विशेष टोली अझै पनि अनुसन्धानमै छ । अनुसन्धान सकिँदा रकम अझै बढ्न पनि सक्छ वा केही रकम घट्न पनि सक्ने सम्भावना छ । तर उनले बैंकको ठुलो रकम हिनामिना गरेका छन् ।
४. बैंकका निक्षेपकर्ता आत्तिएर पैसा निकाल्न थाले भन्ने खबर आएको छ नि, खासमा कुरा चाहिँ के हो ?
बचतकर्ता आत्तिएको अवस्था भने छैन, रकम निकाल्नेहरु केहि बढेका भने हुन् । म आफैँ पनि बैंकको सो शाखामा पुगेर आएको छु । बैंकका मेनेजर भागे भनेर हल्लाखल्ला भएपछि सामान्य सोधपुछ भएको छ तर तपाईंले भनेजस्तो अवस्था भने छैन । कुनै ग्राहकले आफ्नो रकम हिनामिना भएको गुनासो लिएर आयो भने तत्कालै त्यसलाई बैंकको मेनेजमेन्ट टिमले समाधान गर्छ । यसैपनि ३०–३५ अर्ब पैसा रिजर्भमा भएकाले बैंकलाई धेरै समस्या हुने कुरा भएन।निक्षेपकर्ताको बचत रकमको ग्यारेन्टी बैंकले नै लिन्छ । कुनै ग्राहकको ब्याजसहित १ रुपैयाँपनि तलमाथि हुन दिँदैनौ ।
५. प्रकरण निष्कर्षमा पुग्न कति समय लाग्छ ? वा अनिश्चितकालसम्मै चलिरहन्छ ?
त्यस्तो हुँदैन । विशेष समितिले दिएको प्रारम्भिक रिपोर्टका आधारमा बैंकले उक्त घटनामा आन्तरिक कार्वाही सुरु गरेको छ । कुनै ग्राहकको खाता यो प्रकरणमा ‘टच’ भएनभएको भन्ने विषयमा सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छौँ र त्यसो भएमा फण्ड म्यानेजमेन्ट गर्ने सवालमा सतर्क भएर बैंक अगाडी बढीसकेको छ । अहिलेसम्म बैंकको विशेष टोलिले प्रारम्भिक रुपमा मात्रै छानविन गरेको छ । जसबाट ७० लाखको हाराहारीमा रकमा अपचलन भएको देखिएको छ । अब यसमा दोहोरो छानबिन हुन्छ । एकातिर प्रहरीले पनि अनुसन्धान गर्छ र बैंकको उच्च स्तरबाट पनि छानविन गरिन्छ । त्यसपछि आएको निश्कर्षका आधारमा के कार्वाही हुन्छ वा के गर्ने भन्ने विषयमा अगाडी बढ्ने हो ।
यसअघि…
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: