×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता तथा अनुभव

काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्चम्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो ।

यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको कम्पनीको सूचनामा उल्लेख छ ।  बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: