काठमाडौँ । खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा रू.१ लाख ३५ हजार बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरी पनि ल्याएको छ। यसका सथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।
प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’ मा गएर ‘खल्ती मा वान प्लस १० प्रो’ आईकन बाट रू. ५० को रिचार्ज गर्नुपर्ने छ । आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्। सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप ‘वान प्लस १० प्रो’ प्राप्त गर्नेछन् । साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने कम्पनीले जनाएको छ ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘धेरै प्रयोगकर्ताले मनपराउनु भएको अफर ‘खल्ती मा वान प्लस १० प्रो’ लिएर हामी पुनः उपस्थित भएका छौँ । यस अफर मार्फत् सरल तरिकाले हामीले धेरै प्रयोगकर्तालाई डिजिटल पेमेन्ट प्रति आकर्षित गर्न सफल भएका कारणले हामीले फेरी यो अफर सबै माझ ल्याएका हौँ ।’
अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य हुनुपर्नेछ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन् । यो अफर श्रावण २२ देखि असोज ६ गते सम्म लागु हुनेछ । ‘खल्ती मा वान प्लस १० प्रो’ को बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ ।
यसका साथै ‘खल्ती’ को अर्को ठुलो अफर जस मध्ये खल्ती मार्फत फ्लाईट बुकिङ गरेका भाग्यशाली बिजेतालाई रु. १ मा फ्लाईट टिकट र ‘आईफोन १३’ जित्ने मौका पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
करिब छ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्