Skip to content
LAXMI SUNRISE BANK

खल्ती र क्यूएफएक्सबीच सम्झौता, ५० सेकेण्ड मै खल्ती मार्फत मुभी टिकट खरिद गर्न सकिने

अर्थ सरोकार

काठमाडौँ । खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्ससँग साझेदारी गरेको छ । अब खल्ती प्रयोगकर्ताले ५० सेकेण्ड मै खल्ती मार्फत क्यूएफएक्सको मुभी टिकट खरिद गर्न सक्नेछन् र यो सुविधा विशेष खल्तीको एपमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस अघि क्यूएफएक्सको मुभी टिकट खरीद गर्दा क्यूएफएक्सकै वेब साईट लग ईन गरि वा क्यूएफएक्स को एप बाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन्। साथै क्यूएफएक्स को एप/वेब बाट पनि टिकट खरिद गरि खल्ती बाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

खल्ती एप भित्र गई आफूले हेर्न चाहेको मुभी, उपलब्ध क्यूएफएक्स हल, समय र सिट सजिलै केहि ट्यापमै छनौट गर्न सकिन्छ र आफ्नो टिकट खरिद गरे पश्चात क्यूएफएक्स को गोजी लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त हुनेछ । साथै खल्तीमा आफ्नो बैंक लिंक गरि प्रयोगकर्ताले खल्ती लोड नगरी सिधै बैंक खाता बाटै भुक्तानी प्रक्रिया पुरा गर्न सक्नेछन्।

यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्तीलाई हामी हरेक नेपालीको जीवनसैलिको रूपमा स्थापना गर्ने उदेश्यका साथ अघि बढिरहेको छौँ । मनोरंजन क्षेत्रमा पनि क्यूएफएक्स जस्तो प्रचलित सिनेमा हलसँग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौँ । खल्ती र क्यूएफएक्स बिचको यस साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ ।’

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको कम्पनीको दाबी रहेको छ । करिब छ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार+ एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK