×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता, जिमको सदस्यतामा विशेष छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार

PRIME CA
laxmi sunrise bank

कुमारी जब र लिफ्टिङ क्लबबीच सम्झौता, जिमको सदस्यतामा विशेष छुट

काठमाडौँ । कुमारी जब र अल्टिमेट लिफ्टिङ क्लबबीच सम्झौता भएको छ । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन् ।

यस सम्झौताको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले भने, ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्धत गर्छ । कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन् । हाम्रो संस्था अथवा वेबसाइट मार्फत आउने उम्मेदवारहरु एवम् हाम्रा कर्मचारीहरुको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँंदा मलाई अत्यन्तै खुशी लागेको छ ।’

काठमाडौँको तीनकुने सुविधानगर स्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुक ग्राहकहरुले http://www.kumarijob.com अथवा तीनकुने स्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सक्नेछन् । यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरे वापत कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

कुमारी जबले निशुल्क रुपमा योग्यता अनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवम् रोजगारी पाइसकेपछि पनि कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: