×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लूप नेटवर्कस लिमिटेडले आइपीओ जारी गर्ने, गुणस्तरीय र नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तरता दिइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लूप नेटवर्कस लिमिटेडले आइपीओ जारी गर्ने, गुणस्तरीय र नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तरता दिइने

Artha Sarokar

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लूप नेटवर्कस बिगत ६ बर्ष देखी ईन्टरनेट सेवा प्रदायकको रूपमा अवस्थित रहेको छ । गत श्रावण ४ गते लूप नेटवर्कस लिमिटेडले नेपाल दूरसंचार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको थियो । यसै बर्षको अन्त्यतिर लूप नेटवर्कस लिमिटेडले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) पनि जारी गर्ने भएको छ ।

नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवर्कस सेवा प्रदायक कम्पनी Airtel, TATA र SIFY संग प्रारम्भिक छलफल चलिरहेको लूप नेटवर्कसले जानकारी दिएको छ । साथै नेटवर्कले चाडै सेवा सुचारु गर्ने पनि जनाएको छ ।

उक्त कार्य पश्चात लूप नेटवर्कस लिमिटेडले स्वदेशी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय व्याण्डवीथ सुपथ मुल्यमा उपलब्ध गराउन सक्ने दावी गरेको छ । त्यस पश्चात लूप नेटवर्कस लिमिटेडको कारोबार दुई गुणाले बढ्ने नेटवर्कले अनुमान गरेको छ ।

साथै बिगतका दिनहरुमा झै आगामी दिनहरुमा पनि लूप नेटवकर्स लिमिटेडले सस्तो मुल्यमा प्रतिस्पर्धी, गुणस्तरीय र नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तरता दिईरहेको दाबी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी