×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक, लकर सेवामा ५०% छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक, लकर सेवामा ५०% छुट

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकले हरितालिका तीजको अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप नि:शुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५०% छुट प्रदान गर्ने बैंकले जनाएको छ ।

ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

महालक्ष्मी बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र  Dollar card जारी गरीसकेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी