काठमाडौँ। वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाईने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बतएका हुन्।
उनले भने, ‘वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र बैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।’
यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय बृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवम् जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दाबी गरेका हुन् ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदीवासी जनजाती वर्गलाई सामाजिक मूलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए।
साथै, मन्त्री यादवले हाल विभिद कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परमपरागत उपभोक्ताहरु विशेषतः मधेशी, दलित, जनजाती, आदिबासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पुरा गर्नु पर्ने धारणा राखेका थिए ।
सोही कार्यक्रममा मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिक व्यवस्थापनका लागि नेपालमा करिब २२ हजार ५ सय १९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५ सय ७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिएका छन् ।
मन्त्री यादवले विषेश गरी तराई तथा मधेशका नजिक एवम् टाढा दुबै स्थानमा बस्ने उपभोक्ताहरुको काठ, दाउरा लगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनेत गर्नु बताए । विश्वमा नै नमूनाको रुपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्त रुपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्