काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।
उक्त सेवाले नारीहरुको आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने कम्पनीले जनाएको छ । पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएता पनि विशेषज्ञहरुबाट व्यवसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् ।
उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च रहेको कम्पनीले जनाएको छ ।
उक्त सेवा आइतबार देखी असोज १२ सम्म लागू हुनेछ । यस सेवामा एएमसी पूर्ण रुपमा नि:शुल्क हुनेछ । सो सेवा आफुसँग भएको सेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ पीएमएस को सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने जनाएको छ ।
इच्छिुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५६८ /०१-५३६२७७२ वा सिधा मेगा क्यापिटल मार्केटस लिमिटेडमा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्