काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन देशभरका विभिन्न ठाँउहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरी स्थित भिभान्ता डेन्टल सँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले देशभर विभिन्न ठाँउहरु (काठमाडौं भित्रः धुम्बाराही, चावहिल, लगनखेल, साखु र काठमाडौं बाहिरः चितवन, नेपालगञ्ज, बैतडी, मकवानपुर, कञ्चनपुर, सुन्सरी , कैलाली, डडेलधुरा )मा शाखा रहेको हिमाल डेन्टल अस्पतालमा र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्ता डेन्टलमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्क आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्