Skip to content
LAXMI SUNRISE BANK

‘नाडा इभि एक्सपो २०२२’ को स्टल बुकिङ्ग खुल्ला

अर्थ सरोकार

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा ‘नाडा इभिएक्सपो २०२२’ आयोजना हुने भएको छ । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा सो एक्सपोको आयोजना हुने भएको हो ।

उक्त इभि एक्सपोका लागि भाद्र १ गते बुधबारबार देखि भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका हुन् । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK