काठमाडौँ । नेपाल बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले मंगलबार शपथ ग्रहण गरेका छन् । उनी यही साउन २३ गतेको बैठकबाट सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
ज्ञवालीले मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । बैंकका नव नियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना दिँदै गर्भनर अधिकारीले ज्ञवालीको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पछिल्ला वर्षहरूमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको भन्दै उनले आगामी दिनमा समेत बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अधिकारीले पुराना खराब कर्जाहरूको व्यवस्थापनमा विशेष ध्यान दिन समेत बैंकलाई सुझाव दिए ।
उक्त कार्यक्रममा आफ्ना भनाइ राख्दै ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे। शपथ ग्रहण कार्यक्रमका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिँदै उनले बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा नव नियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासको जानकारी पनि गराएका थिए ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा, नेपाल बैंक सञ्चालक समितिका सदस्यहरू डा. सावित्री रञ्जित श्रेष्ठ, विवेक शम्शेर ज.ब.रा. तथा बैंकका कम्पनी सचिवको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्