×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स, सौराहामा सम्पन्न

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ । सो कार्यक्रम चितवनको सौराहामा श्रावण १३ गते देखि १५ गते सम्म संचालन गरिएको थियो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संचालक बिमल प्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्धघाटन गर्दै कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिएका थिए । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीहरुलाई गत आर्थिक वर्षको कार्यसम्पादनको लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृ प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समिक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ-आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिबृद्धि एवम् सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।

सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरुबाट सबै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवम् उपशाखाहरुलाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी