×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । केन्द्रीय बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी बिल असोज ४ गते परिपक्व हुनेछ । यस्तै, ९१ दिनको लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल आगामी मंसिर ६ गते परिपक्व हुनेछ ।

यता, १ सय ८२ दिन अवधि भएको ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने आगामी फागुन ९ गते परिपक्व हुनेछ भने ३ सय ६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८० भदौ ५ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी