×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको लाचारीलाई ‘लाचार बनेर’ नेप्सेकै प्रबन्धकले प्रस्तुत गरे, भने– ‘नेपालमा अर्को स्टक एक्सचेन्ज चाहिन्छ’

काठमाडौं । बिहीबार नेप्सेका प्रबन्धकले नेप्सेको लाचारीलाई ‘लाचार’ बनेरै प्रस्तुत गरेका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा प्रबन्धक निरञ्जन फुयाँलले नेप्सेको लाचारीपनलाई सबैका सामु प्रस्तुत गरेका छन् । उनले नेपाली सेयर बजारका लागि एक्लो नेप्सेले काम गर्न नसकेको तर्क प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै प्रबन्धक फुयाँलले नेपालमा थप अर्को स्टक एक्सचेञ्ज चाहिने बताए । आफै नेप्सेको उच्च व्यवस्थापन तहमा रहेका फुयाँलको नयाँ स्टक एक्चेन्ज थप गर्ने प्रस्तावले नेप्सेको प्रतिष्ठामाथी प्रश्न खडा गरेको छ । नेप्सेमाथी लगानीकर्ताहरुको गुनासो रहँदा पनि कुनै वास्ता नगरेका फुयाँलले अन्नतः नेप्सेको लाचारी प्रदर्शन गर्दै नेपालको सेयर मार्केटमा नयाँ स्टक एक्सचेन्स चाहिन्छ भन्ने तर्क गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को कार्यक्रममा उनले केहीबेर आफुलाई नेप्सेको जिम्मेवारी नभएको सोच्न आग्रह गर्दै यस्तो धारणा व्यक्त गरेका थिए । उनको यस्तो अभिव्यक्तिपछि फुयाँलको कार्यदक्षतामथी नै प्रश्न उठ्न थालेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: