काठमाडौं । नेदरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला खोटाङ, बाह्रपोखरी गाउपालिका-५ देवथान घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्ने ३५ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राईले जिल्ला रसुवा गोसाइकुण्ड गाउँपालिका-५ ठूलोस्याप्रू घर भई हाल काठमाडौँ, धुङ्गेधारा बस्ने २७ वर्षीय निमा काल्तेन तामाङ लगायत १६ जनालाई वर्किङ भिसामा नेदरल्याण्ड पठाइदिने भन्दै प्रति व्यक्ति १६ लाख रुपैयाँका दरले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएको प्रहरीले जनएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्