काठमाडौँ । एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवा अन्तर्गत म्यूजिक नेपाल लिमिटेडसँग दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाल लिमिटेडलाई IPO जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका थिए । नेपालको सन्दर्भमा म्यूजिक नेपाल लिमिटेड सर्वसाधारणमा IPO जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको कम्पनीले जनाएको छ ।
साथै क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्