काठमाडौं । एनएमबी बैंकले ‘एनएमबी स्मार्ट नारी बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले नेपाली महिलाहरूलाई बचततर्फ प्रोत्साहित गराउन र डिजिटल कारोवारमा सक्रिय बनाउने योजनाले उक्त खाता सार्वजनिक गरेको हो । बैंकले स्वदेश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गर्दै उक्त खाता संचालनमा ल्याएको उल्लेख गरेको छ ।
उक्त योजना अन्तर्गतका ग्राहकहरूले स्वास्थ्य जाँचमा डिजिटल भुक्तानी गर्दा वार्षिक ५ हजारसम्म नगद फिर्ता पाउने भएका छन । यस्तै बैंकका ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायतका सुविधा पाउने भएका छन ।
बैंकको उक्त योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म छुट पाउने बैंकले जानकारी दिएको छ । एनएमबी बैंकले हाल देशभरी २ सय १ शाखाहरु, १ सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आइरहेको दाबी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्