×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धनमा गर्न सहजः सीइओ के.सी.

GLOBAL IME BANK
SHREE KESH

एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धनमा गर्न सहजः सीइओ के.सी.

२७ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समुहको सदस्य आइएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्राएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङगबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यस कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्नेछ । एनएमबि बैंक चार वर्षको अवधिमा आइएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड १९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरुमा नयाँ उद्यमीहरुलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्धारा एशियाकै सर्वोकृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एशिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७,२०१८,२०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्धारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी हात पारेको छ ।

बैंकले हालसम्म २०१ शाखा कार्यालय, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: