×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

६ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भाद्र १ गतेका दिन प्रभु क्यापिटल तथा TRANQUILITY SPA बीच समझौता भएको हो । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् ।

यस योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको डिजिटल एप डाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नु पर्नेछ। हितग्राहीले CHECK OUT ⁄ BILL PAYMENT गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनु पर्ने क्यापिटलले जनाएको छ ।

TRANQUILITY SPA को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ । यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी