×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

Artha Sarokar

१२ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह गुरुब गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो ।

यस अघि नै उक्त ठेकेदारले सर्वाेत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको तर्फबाट सो बीमा प्राप्त गरेका थिए । भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउने जोखिमलाई मध्यनजर गर्दै सर्वाेत्तम सिमेन्टले आफ्नो साइट रजिष्टर गराएका ठेकेदारहरुका लागि रु ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो । यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्णकार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

निर्माणकर्मीहरुको सुरक्षा तथा सुस्वास्थय सुनिश्चित गर्नुका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरुप सर्वाेत्तम सिमेन्टले यस्तो व्यवस्था ल्याएको हो । कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन (MT) क्षमताको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन (MT) क्षमताको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण-मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्री वितरण गरिरहेको दाबी गरेका छन् ।

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० से.मि.२ सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स–रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको जनाएको छ । आफ्नो स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्कँदै धेरैभन्दा धेरै सिमेन्ट उपभोक्ताको विश्वास जित्न सफल भएको दाबी गरेको छ । ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी