काठमाडौं । साथी पार्टनर्स लिमिटेडले पुजी बृद्धीकालागि आन्तरिक सेयर बिक्री गर्ने भएको छ । यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पुर्याउने उद्देश्य सहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य रहेको कम्पनीको संस्थापक अध्यक्ष तथा साथीमार्टका सि.ई.ओ सागर पोखरेल जानकारी दिए ।
साथीमार्टका सि.ई.ओ पोख्रेलले भने, ‘२०८०/८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पुर्याई आई.पि.ओ. मा समेत जाने लक्ष्य छ । आगामी योजनाहरू कार्यन्वयन गर्नको लागि कम्पनीले करिब १० लाख कित्ता सेयर टिम, प्रमोटर तथा आन्तरिक स्रोत मार्फत पुंजी बृद्धी गर्ने र कम्पनीको चुक्ता पुँजी हाललाई १५ करोड ७३ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेका छौँ ।’
साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत केही विषेश तथा ठूला योजना सहित श्रावण १ गतेबाट औपचारिक रुपमा सुरु भएको हो । यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, मःम फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै राम्रो ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेल सम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो फड्को मार्ने कम्पनीको दावी छ । उक्त कम्पनीमा ५ जनाको अनुभवी संचालक समिति समेत रहेको छ । ७ वटाभन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादनदेखि रिटेल, टेक्नोलोजीदेखि अनलाइन शपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुत्ता पुजी हाललाई ५ करोड ७३ लाख रहेको पोखरेलले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्