×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

नेप्से र आफ्नै कमिसन घटाउने तयारीमा धितोपत्र बोर्ड, त्यसपछि ब्रोकर कमिसन पनि घट्ने !

SAGARMATHA CEMENTS

काठमाडौं । धितोपत्र बोर्डले नेप्से र आफ्नै कमिसन घटाउने र त्यसपछि ब्रोकरहरुको कमिसन घटाउने तयारी थालेको छ । धितोपत्र बोर्डले सेयर मार्केटमा नियमनकारी भुमिका खेलेवापत र कारोबारस्थल उपलब्ध गराएवापत नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिँदै आएको कमिसन घटाउने भएको हो । लगानीकर्ताको हितका लागि नियमनकारी निकायबाटै लिईने शुल्क घटाउने तयारी थालेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् ।

धितोपत्र बोर्ड, नेप्से, सिडिएससी तथा ब्रोकरलाई तिर्ने ठुलो रकमले लगानीकर्ता मर्कामा परेको भन्दै यस्तो शुल्क घटाउन गृहकार्य थालेको बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । ‘पहिलो चरणमा धितोपत्र बोर्ड र नेप्सेले लिने शुल्क घटाउने गृहकार्य थालेका छौँ’,उनले भने, ‘त्यसपछि ब्रोकर कमिसन घटाउन पहल गर्छौं ।’

अहिले बोर्डले ब्रोकरबाट ०.६ प्रतिशत र लगानीकर्ताबाट ०.०१५ कमिसन लिँदै आएको छ । नेप्सेले ब्रोकरले उठाउनेबाट २० प्रतिशत कमिसन लिन्छ भने नेप्सेले लिएको कुल कमिसनबाट सिडिएससीले १७ प्रतिशत कमिसन लिन्छ । यसरी दोहोरो शुल्कको मारमा लगानीकर्ता परेपछि लगानीकर्ताकै हितका लागि यस्तो निर्णय गरेको बोर्डका अध्यक्ष हमालले बताएका छन् । यस विषयमा थप अध्ययन भइरहेको बोर्डका अध्यक्ष हमालले बताएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal