Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई रुशाका मेकअप स्टुडियोमा विशेष छुट

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुशाका मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र रुशाका मेकअप स्टुडियोका तर्फबाट उक्त कम्पनीका संचालिका रुशाका वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले रुशाका मेकअप स्टुडियोको बियुटी कोर्शमा १५% , बियुटी पार्लर सर्भिस मा २०% , बियुटी सम्बन्धि सामग्रीमा १०% छुट प्राप्त गर्न सकिनेछ ।

यस बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले दाबी गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK