×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला मुद्दती धमाका योजना संचालनमा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुलाई लक्षित गरी ‘सांग्रिला मुद्दती धमाका’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यो योजना न्यूनतम मौज्दात दश हजार रुपियाँबाट सुरु गर्न सकिने बैंकले जनाएको छ । यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणा सम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।

ग्राहकले यस योजना अन्तर्गत आफ्नो बचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको छ । ग्राहकले आफ्नो बचत रकममा कर्जा लिने/दिने दिन सम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजनामा सहभागि हुन चाहने ग्राहकहरुले मुलुकभर रहेको १ सय १२ शाखा कार्यालयहरु मार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र संचालन गरिएको बैंकले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १ सय १२ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको दाबी गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: