×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रोएसिया पठाइदिन्छु भन्‍दै रकम ठगि गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

क्रोएसिया पठाइदिन्छु भन्‍दै रकम ठगि गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

१० भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला धनकुटा, चौबिसे गाउपालिका-५ घर भई हाल काठमाडौंको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्त कुमार देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

देवानले गोकुल भण्डारीलाई वर्किङ्ग भिशामा क्रोएसिया पठाइदिने भन्‍दै प्रति व्‍यक्ति ७ लाख रकम लाग्ने र क्रोएसियामा अटो मोबाइल कम्पनीमा जागिर लगाइदिने प्रलोभन देखाई पिडितबाट २ लाख रकम ठगि गरेर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहिबार कागेश्वरी मनोहरा नगरपालिका, काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका देवानलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी